कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मलेसियाका पूर्वराजा अहमद शाहको निधन

रासस

काठमाडौँ — मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका हुन् । पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए । 

देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।


सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए । मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?