कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु

इन्डोनेसियामा जोको निर्वाचित
एजेन्सीहरू

जकार्ता, इन्डोनेसिया — राजधानी जाकार्तामा राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै हिंसा भड्केको छ । हिंसामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु

चुनाव परिणामपछि प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपमा ६ जनाको मृत्यु भएको हो । दुई सयभन्दा बढी घाइते भएका छन् । मंगलबार रातिबाट सुरु झडप पाँच घण्टासम्म जारी रहेको थियो ।


इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जाकार्ता सहरमा कडा सुरक्षाबीच अप्रत्याशित रूपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्दै प्रदर्शन थालेका हुन् ।


सत्तासीन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएपछि विरोधमा प्रदर्शन भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका छन् ।


इन्डोनेसियाका ३४ वटा प्रान्तका १ सय ३० सहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत मत पाएका थिए ।


निर्वाचनको परिणाम बाहिरिएपछि प्रबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेनन् । उनले पाँच प्रान्तमा फेरि निर्वाचन गराउनुपर्ने बताएका छन् । उनले भने, ‘यी प्रान्तहरूमा धाँधली भएका छन् ।’

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?