कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुलको राजीनामा अस्वीकृत 

नयाँदिल्ली — भारतीय लोकसभा चुनावमा अनपेक्षित हार व्यहोरेसँगै भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

राहुलको राजीनामा अस्वीकृत 

गान्धीले ‘अपेक्षित चुनावी परिणाम नआउनुमा आफू मुख्य जिम्मेवार रहेको’ राजीनामा दिएका थिए । कंग्रेसले जम्मा ५२ सिटमा जित हासिल गरेको हो ।

कंग्रेस प्रवक्ता रन्दिप सुर्जेवालाले ‘पार्टी कार्यसमिति सदस्यले गान्धीको राजीनामा अस्वीकृत गरेको’ बताए । उनका अनुसार कार्यसमितिका अधिकांश सदस्यले ‘पार्टीका लागि राहुलको नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको’ बताएका थिए ।

गान्धीले यसअघि ‘आफू कंग्रेसको अनुशासित सिपाही भएको तर अध्यक्षको जिम्मेवारीमा नबस्ने निर्णय गरेको’ उल्लेख गर्दै राजीनामा दिएका थिए । राजीनामा पेस गर्ने क्रममा गान्धीले भनेका थिए, ‘कंग्रेस अध्यक्ष गान्धी परिवारबाटै हुनुपर्ने कुनै आवश्यकता छैन ।’


बैठकको अन्त्यतरि राहुलकी दिदी तथा कंग्रेस महासचिव प्रियंका गान्धीले भने राजीनामा दिने निर्णयमा पुगे पनि भावी नेतृत्वको बारेमा प्रष्ट नभएसम्म त्यसलाई स्थगन गर्न आग्रह गरेको स्रोतको भनाइ छ। साथै बरु नेतृत्वको विकल्पहरुको प्रस्ताव ल्याउन राहुललाई आग्रह गरेको बुझिएकाे छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?