कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदी सर्वसम्मत संसदीय नेता

एजेन्सी

नयाँदिल्ली — भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् । 

मोदी सर्वसम्मत संसदीय नेता

भारतीय लोकसभा चुनावमा भाजपा बहुमत प्राप्त गरेसँगै प्रधानमन्क्री नरेन्द्र मोदीले शुत्रबार राष्ट्रपतिलाई भेटी राजीनामा दिएका थिए । भारतको संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको नेतामा चयन व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था छ । पछिल्लो निर्णयसँगै मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ ।


भाजपा नेता मोदीलाई संसदीय दलको नेताका रूपमा भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका हुन् । उनलाई पार्टीका तर्फबाट राजनाथ सिंहले समर्थन जनाए । भाजपा नेता सिंहले अन्य उम्मेदवारी नपरेको भन्दै मोदी एनडीए नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेका हुन् ।


अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न लोकसभा चुनावमा भाजपा एक्लै ३०३ सिटमा विजयी भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । भाजपाको नेतृत्वको एनडीएले ३५० सिट जितेको छ । सरकार गठनका लागि २७२ सिट आवश्यकता पर्छ ।


लोकसभामा दोस्रो ठूलो दल भारतीय राष्ट्रिय कंग्रेसले ५२ सिट ल्याएको छ भने उसको गठबन्धन संयुक्त प्रगतिशील गठबन्धनले (यूपीए) ८५ स्थानमा विजयी भएको छ । अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले १०७ सिट ल्याएका छन् ।


प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले शनिबार राष्ट्रपति रामनाथ कोभिन्दलाई भेटी चुनावको अन्तिम नतिजा औपचारिक रूपमा जानकारी गराएका हुन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?