पश्चिम बंगालमा भाजपा कार्यकर्ताको गोली हानी हत्या

सिन्ह्वा

नयाँ दिल्ली — भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बंगालमा गोली हानी हत्या भएको छ । भाजपा कार्यकर्ता ३६ वर्षीय चन्दन साउको गोली हानी हत्या भएको प्रहरी अधिकारीहरूले जनाकारी दिएका छन् ।

पश्चिम बंगालमा भाजपा कार्यकर्ताको गोली हानी हत्या

उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बंगाल प्रदेशको राजधानी कोलकत्तादेखि ३३ किलोमिटर टाढा पर्दछ ।


गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

घर फर्किरहेका बेला साउलाई दुई वटा मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?