२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

८५ को हत्यामा दोषी

एजेन्सी

बर्लिन — उत्तरी जर्मनीका दुई अस्पतालमा ८५ बिरामीको हत्यामा दोषी ठहर एक पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।
न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले अभियुक्त नियस होगेलको कार्य ‘सामान्य बुझाइ बाहिरको’ भन्दै उक्त फैसला गरेका हुन् ।

८५ को हत्यामा दोषी

डेलमेनहर्स्ट र ओल्डेनबर्गका उत्तरी सहरका सयौं बिरामी मारेकोमा हुगेल दोषी ठहर भएका हुन् ।


सन् १९९९ देखि २००५ सम्म होगेलले संरक्षकत्वमा रहेका मानिसलाई मुटुरोगसम्बन्धी औषधिको असीमित मात्रा दिएका थिए । यसअघि नै दुई व्यक्तिको हत्यामा दोषी ठहर होगेल सजाय काटिरहेका छन् । उनी जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै जनाको हत्या गर्ने व्यक्तिका रूपमा लिइएको छ । अधिकारीका अनुसार ‘उनले बिरामीलाई औषधिको मात्रा बढी दिन्थे र सहकर्मीलाई प्रभावित पार्न बचाउने भरमग्दुर कोसिस गर्थे ।’


मुद्दाका क्रममा ४२ वर्षीय हुगेलले आफूले मारेका बिरामीका परिवारसँग ‘भयानक काम’ गरेको भन्दै माफी मागेका छन् । ‘मैले विगतमा तपार्इंहरूप्रति गरेको गलत कार्यका लागि माफी माग्छु,’ उनले भने ।


प्रहरीका अुनसार हुगेलले अझै धेरै बिरामी मारेको हुन सक्ने जनाएका छन् । सुनुवाइका क्रममा भने हुगेलले ५५ हत्याको आरोप स्वीकार गरेका थिए । तर ओल्डेनबर्गस्थित अदालतले उनलाई ८५ हत्यामा दोषी ठहर गरेको हो ।


सन् २००५ मा एक बिरामीलाई चिकित्सक सिफारिस नगरेको औषधि दिइरहेको बेलामा समातिएपछि हुगेलको कर्तुत फेला परेको हो । उनले सन् २०१५ मा दुई जनाको ज्यान लिएको अभियोगमा कारावास सजाय पाएका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?