१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नासाले अन्तरिक्षमा पर्यटक लैजाने

एजेन्सी

वासिङटन — अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसस) भ्रमण गर्न चाहने व्यक्तिले प्रतिदिन ३५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अमेरिकी यानमार्फत अन्तरिक्षमा पुग्ने पर्यटकहरू आईएसएसमा ३० दिनसम्म बस्न पाउने छन् ।

नासका अनुसार पृथ्वीको परिक्रमा गर्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिन लागिएको हो । 'नासाले व्यापारिक अवसर र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन खुला गर्ने अभूतपूर्व निर्णय गरेको हो,' नासा प्रमुख आर्थिक अधिकृत जेफ डिबिटले न्युयोर्कमा भने ।


आईएसएस सहायक निर्देशक रोब्इन गेटेन्सले प्रत्येक वर्ष निजी खर्चमा दुई छोटा अन्तरिक्ष भ्रमणको आयोजना गरिने छ । उनका अनुसार भ्रमणमा जान चाहनेले आफ्नो स्वास्थ्य, चालक दल निर्धारण तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने छ ।


नासाले पर्यटकलाई घुमाउनका लागि दुई कम्पनीलाई जिम्मा दिएको जनाएको छ । तीमध्ये एलन मस्कको स्पेस एक्सले 'ड्रागन क्याप्स्युल' प्रयोग गर्ने छ । त्यसैगरी र बोइङ कम्पनीले 'स्टारलाइनर' नामक अन्तरिक्षयान निर्माण गरिरहेको छ । दुई कम्पनीले अन्तरिक्षमा नासाका तर्फबाट पर्यटक लैजाँदा लिने ६ करोड अमेरिकी डलर भाडा अन्य पर्यटकसँग पनि लिन सक्ने जनाइएको छ ।


नासाले हालसम्म आफ्नो अन्तरिक्ष केन्द्रलाई व्यापारिक प्रयोगमा ल्याएको थिएन् । अन्तरिक्षयात्रीलाई पहिलो पटक नाफामूलक अनुसन्धानमा सहभागी हुन खुला गरिएको स्टेसन नासाको स्मामित्वमा छैन ।


सन् १९९८ को सुरुमा रूससँग मिलेर निर्माण गरिएको स्टेसनमा पर्यटक घुमाउने रूसी नीतिअनुसार नासाले अन्तरिक्ष यात्री लैजान लागेको हो । यसअघि सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो पहिलो पटक पर्यटकका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको भ्रमण गरेका थिए । उक्त भ्रमणका लागि उनले त्यति बेला रूसलाई २ करोड अमेरिकी डलर तिरेका थिए ।


अन्तरिक्षयात्रीलाई घुमाउने नासाको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई निजीकरण गर्ने योजनाअन्तर्गत भएको जनाइएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ भित्र आर्थिक सहयोग हटाउने घोषणा गरेसँगै आईएसएसलाई अनुसन्धानलगायतका क्षेत्रमा आवश्यक रकम जोहो गर्न अप्ठयारो हुने देखिएको छ । त्यसका लागि नासाले सन् २०२० सम्ममा चन्द्रमामा आफ्नो अभियान पुनः सञ्चालन गर्ने र प्रथम महिला पठाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?