चीनमा भूकम्प, १२ को मृत्यु 

एजेन्सी

सिचुवान — चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा सयजना घाइते छन् । चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै कैयौं पराकम्पहरू गएका बीबीसीले उल्लेख गरेको छ । 

टेलिभिजनमा प्रसारित दृश्यहरूमा सुरक्षाकर्मीहरूले भूकम्पका कारण भत्केका भवनका पुरिएकाहरूको उद्धार गरिरहेका देखिन्छन् । भूकम्पपछि घरहरू भत्केपछि कम्तीमा ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


चिनियाँ सेन्ट्रल टेलिभिजनले भूकम्पपछि कपितय स्थानमा पहिलो गएको र सडकहरू अवरुद्ध भएका दृश्यहरू प्रसारण गरेका छन् । समाचार संस्था सिन्हवाका अनुसार यिविन र छुयोङबीचको मुख्य राजमार्गसहित कम्तीमा कैयौं सडक अवरुद्ध छन् ।


छेङुबाट करिब ३ सय किलोमिटर टाढा भूकम्प जानुअघि एक मिनेट चेतावनीमूलक साइरन बजेको सिन्हवाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचानलन गरिएको जनाइएको छ ।


चीनको सिचुवानमा पटकपटक भूकम्प जाने गरेको छ । सन् २००८ मा छेङुको उत्तर पश्चिम क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पका कारण ८७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । सन् २०१७ मा छेङुको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको थियो ।


प्रकाशित : असार ३, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?