कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मंगलबार चीनमा गएको भूकम्पमा परी कम्तीमा १२ को मृत्यु, सयभन्दा बढी घाइते

सिचुआन — चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा सय घाइते छन् । 

मंगलबार चीनमा गएको भूकम्पमा परी कम्तीमा १२ को मृत्यु, सयभन्दा बढी घाइते

चिनियाँ सञ्चारमाध्यका अनुसार प्रान्तीय राजधानी छेङ्दुबाट दक्षिण पूर्वमा पर्ने यिविनमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार अबेरको भूकम्पलगत्तै दर्जनौं पराकम्प गएका बीबीसीले उल्लेख गरेको छ ।


टेलिभिजनमा प्रसारित दृश्यहरूमा सुरक्षाकर्मीहरूले भूकम्पका कारण भत्केका भवनका पुरिएकाहरूको उद्धार गरिरहेका देखिन्छन् । भूकम्पपछि घरहरू भत्केपछि कम्तीमा ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले उल्लेख

गरेका छन् ।


चिनियाँ सेन्ट्रल टेलिभिजनले भूकम्पपछि कपितय स्थानमा पहिलो गएको र सडकहरू अवरुद्ध भएका दृश्यहरू प्रसारण गरेका छन् । समाचार संस्था सिन्हवाका अनुसार यिविन र छुयोङबीचको मुख्य राजमार्गसहित कम्तीमा कैयौं सडक अवरुद्ध छन् ।


छेङ्दुबाट करिब ३ सय किलोमिटर टाढा भूकम्प जानुअघि एक मिनेट चेतावनीमूलक साइरन बजेको सिन्हवाले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचानलन गरिएको जनाइएको छ ।


चीनको सिचुआनमा पटकपटक भूकम्प जाने गरेको छ । सन् २००८ मा छेङ्दुको उत्तर–पश्चिम क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पका कारण ८७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । सन् २०१७ मा छेङ्दुको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परी २० जनाको मृत्यु भएको थियो ।

प्रकाशित : असार ४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?