२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मोर्सीको हत्या भएको हो : एर्डोगान

एएफपी

इस्तानबुल, इजिप्ट — टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् । ‘अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन सकेनन्,’ इस्तानबुलमा बुधबार एक वक्तव्यमा उनले भने । 

उनले मोर्सीको हत्या भएको दाबी गरे । ‘मोर्सीको प्राकृतिक निधन भएको होइन,’ उनले भने, ‘मोर्सीको मृत्युबारे थप अनुसन्धान गर्नुपर्छ ।’ मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको छ ।


हिरासतमा राखिएका बन्दीप्रति खराब व्यवहार गरेकाले निधन भएको हुन सक्ने एम्नेस्टीले जनाएको छ । मुस्लिम ब्रदरहुड दलले समेत आफ्नो नेताको निधनलाई हत्या भनेको छ ।


राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटुसम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मंगलबार निधन भएको घोषणा गरिएको थियो ।

कायरोस्थित अदालतमा बयानपछि अदालतमै बेहोस भई ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलले जनाएका छन् । ‘अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा गर्‍यो,’ न्यायाधिवक्ताको कार्यालयले भनेको छ ।


अस्पतालका अनुसार स्थानीय समयअनुसार अपराहृन ४ बजेर ५० मिनटेमा अस्पताल ल्याइएको मोर्सीको निधन भइसकेको थियो । अदालती कारबाहीमा बाधा नपुगोस् भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाबाट बयान दिन लगाइएको थियो ।

प्रकाशित : असार ५, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?