२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फेरि राष्ट्रपति बन्न प्रचार अभियान

रासस/सिन्हृवा

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन औपचारिक रूपमा प्रचार अभियान सुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मंगलबार राति फ्लोरिडाको ओर्ल्यान्डोबाट सुरु गरेका हुन् ।

फेरि राष्ट्रपति बन्न प्रचार अभियान

ओर्ल्यान्डोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रूपमा प्रचार अभियान सुरु गरेको छु ।’


सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो ‘दोस्रो घर’ भएको बताउँदै समर्थकलाई अर्को चार वर्षका लागि ‘एक ढिक्का रहन’ आग्रहसमेत गरे ।


बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैं अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए । थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूको चर्को आलोचना गरे ।


प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनीपछाडि रहेको देखाएकाले ट्रम्प उनीहरूप्रति थप आक्रोशित भएको बताइएको छ ।


सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति बनेका थिए । अहिले सुरु भएको चुनावी र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएकी छन् ।

प्रकाशित : असार ५, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?