कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिनियाँ राष्ट्रपति दुई दिने उत्तर कोरिया भ्रमणमा

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने उत्तर कोरिया भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । १४ वर्षपछि चीनबाट भएको यो उच्चस्तरीय उत्तर कोरिया भ्रमण हो । 

चिनियाँ राष्ट्रपति दुई दिने उत्तर कोरिया भ्रमणमा

राष्ट्रपति चिनफिङ बिहीबार बिहान आफ्नो पत्नी सहित विदेशमन्त्री वाङ यी, कूटनीतिज्ञ र प्रमुख आर्थिक सल्लाहकार लगायतको टोली प्योङयाङ ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


दुईदेशबीच सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सीले भ्रमणाका क्रममा कोरियाली नेता किम जोङ अनसँग भेटवार्ता गर्नेछन् । सीको स्वागतका लागि पोङयाङ सहर सजाइएको छ । भ्रमणका क्रममा सी र किमबीच उत्तरको अणविक कार्यक्रमबारे छलफल हुने बताइएको छ ।


अर्को साता जापानमा हुने जी२० राष्ट्रको सम्मेलन हुँदैछ । सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच साइडलाइन वार्ता पनि हुदैछ । सम्मेलनको पूर्व सन्ध्यामा सीको उत्तर कोरिया भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

सी र ट्रम्मबीच हुने वार्तामा दुईदेशबीचको व्यापार युद्ध र उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्ने बताइएको छ ।


सी सन् २००८ मा उपराष्ट्रपति हुँदा उत्तर कोरियाको भ्रमण गरेका थिए ।

प्रकाशित : असार ५, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?