कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

‘चुनावमा हस्तक्षेप छैन’ 

एजेन्सी

लन्डन — फेसबुकले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी चुनावलाई फेसबुकमार्फत प्रभावित पारिएकोबारे कुनै प्रमाण नभेटिएको जनाएका छन् । 

‘चुनावमा हस्तक्षेप छैन’ 

उपाध्यक्ष निक क्लेगका अनुसार कम्पनीले चुनाव प्रभावित पार्नका लागि फेसबुक प्रयोग गरिएको दाबीपछि तथ्यांकहरूको विश्लेषण गरिएको हो । क्लेगले उक्त दाबीपछि गरिएको अध्ययनमा चुनावी नतिजा प्रभावित पार्न कुनै पनि बाह्य शक्तिले ‘महत्त्वपूर्ण प्रयास’ नगरेको देखिएको बताए ।


बीबीसीसँगको अन्तरवार्ताका क्रममा क्लेगले ‘फेसबुक तथा अन्य प्रविधिसम्बन्धी सफ्टवेयरमाथि थप नियमन आवश्यक’ भएको बताएका छन् । लिबरल डेमोक्र्याटका नेता तथा बेलायतका पूर्व उपप्रधानमन्त्री क्लेग गत अक्टोबरमा फेसबुकले उपाध्यक्षमा नियुक्त गरेको हो ।


गतवर्षको अक्टोबरमा बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक तथ्यांकको दुरूपयोग गरेको जनाइएको थियो । करिब ८ करोड ७० लाख प्रयोगकर्ताका व्यक्तिगत सूचना राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गरेको देखिएपछि बेलायतको तथ्यांक संरक्षण निकायले फेसबुकमाथि ५ लाख पाउन्ड जरिवान गरेको थियो ।


बेलायती सूचना आयोगको कार्यालय (आईसीओ) ले कानुनको गम्भीर उल्लंघन गरेको दाबीसहित उक्त जरिवाना गरेको हो । कार्यालयका अनुसार फेसबुकले एप निर्माण कम्पनीलाई कुनै सहमतिबिना फेसबुक प्रयोगकर्ताका तथ्यांकमा पहुँच दिएको थियो ।

अन्तरवार्ताका क्रममा क्लेगले न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणको सन्दर्भ जोड्दै फेसबुकले हानिकारक सामग्री हटाउने कार्यमा पहिलेभन्दा थप प्रगति गरेको दाबी गरे ।


गत मार्चमा न्युजिल्यान्डका मस्जिदमा गरेको आक्रमण बन्दुकधारीले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । उनले प्रत्यक्ष प्रसारणका क्रममा २ सय जनाले हेरे पनि २४ घण्टाभित्र उक्त भिडियो १५ लाख व्यक्तिसम्म पुगेको थियो । उनले करिब १३ लाख भिडियो उजुरीबिना नै हटाइएको जनाए ।


पछिल्लो समय फेसबुक तथा इन्स्टाग्राममा सार्वजनिक हुने सामग्रीले प्रयोगकर्तालाई हानि पुर्‍याएको दाबी गरिँदै आइएको छ । हाल फेसबुकले सञ्चालन गर्दै आएको इन्स्टाग्रामको प्रयोगका कारण १४ वर्षीय मोली रुसेलले सन् २०१७ मा आत्महत्या गरेकी थिइन् । उनको परिवारले इन्स्टाग्राममा सार्वजनिक डिप्रेसनसम्बन्धी पीडादायी सामग्रीका कारण रुसेलले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

प्रकाशित : असार १०, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?