कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण

एक जनाको मृत्यु
एएफपी

रियाद — साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । 
यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ ।

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण

अभा विमानस्थलमा आइतबार राति गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् । आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरू रहेका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ । पछिल्लो आक्रमणमा एक म्याक डोनाल्ड पसल तथा करिब दुई दर्जन सवारीसाधनमा क्षतिग्रस्त भएका जनाइएको छ ।


साउदी टेलिभिजन अल एखबरियाले प्रसारण गरेका दृश्यहरूमा विमानस्थलस्थित म्याक डोनाल्ड रेस्टुरेन्ट तथा पार्किङमा राखिएका गाडीहरूमा क्षति पुगेको देखिन्छ । हुथी विद्रोहीले एक साताको अवधिमा अभा विमानस्थललाई लक्षित गरी दोस्रो आक्रमण गरेका हुन् । जुन १२ हुथी विद्रोहीको आक्रमणमा दुई बालबालिकासहित २६ सर्वसाधारण घाइते भएका थिए ।


मानवअधिकारवादी संगठनहरूले ‘हुथीको नागरिक लक्षित आक्रमणलाई युद्धअपराधको संज्ञा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणमा ड्रोन प्रयोग गरिएको जनाए पनि साउदी अधिकारीले हतियारबारे केही उल्लेख गरेका छैनन् । हुथी टेलिभिजन अल मासिराहका अुनसार ‘आफ्ना लडाकुहरूले ड्रोनको प्रयोगले अभा र नजिकैको जिजान विमानस्थलमा आक्रमण गरेका’ हुन् । साउदी अरबले जिजान विमानस्थल आक्रमणबारे भने केही उल्लेख गरेको छैन ।


हुथी प्रवक्ताले विमानस्थलस्थित साउदी सैनिकलाई लक्षित गरी ‘क्वासेफ–२ के’ ड्रोनले आक्रमण गरेको जनाए । उक्त ड्रोन जमिनबाट करिब २० मिटर माथि रहेको लक्ष्यमा आक्रमण गर्न तयार पारिएको हो । हुथीविरुद्धको गठबन्धनले उक्त ड्रोन इरानले उपलब्ध गराएको दाबी गरेको छ । यद्यपि, इरानले विद्रोहीलाई कुनै पनि हतियार नदिएको दाबी गर्दै आएको छ । अभा विमानस्थल यमनको सीमा क्षेत्रबाट करिब ११० किलोमटिरको दूरीमा छ । हुथी टेलिभिजनमार्फत प्रवक्ताले भनेका छन्, ‘यमनमाथि साउदी नेतृत्वको हमला जारी रहे अझै दर्दनाक आक्रमण गरिने छ ।’


आक्रमणमा इरानसँगको तनाव बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तीव्र बनाएका छन् । सन् २०१५ को मार्चमा हुथी विद्रोहीले देशका पश्चिी क्षेत्रसहित अधिकांश स्थान कब्जा गरेपछि राष्ट्रपति अब्दराबुह मन्सुर हादीले देश छोडेर भागेका थिए । तर हुथीलाई इरानी सिया मुस्लिम विद्रोहीहरूको सहयोग रहेको दाबी गर्दै सुन्नी बाहुल्य रहेका साउदी अरब र अन्य ८ देशले हादीको सरकार पुनःस्थापित गर्न हवाई आक्रमण गर्दै आएका छन् ।

प्रकाशित : असार १०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?