कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ भूउपग्रह एकै दिन प्रक्षेपण

वासिङ्टन — अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेस एक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

यसअघि निकै कठिन मानिएको अभियान सफल भएको कम्पनीले जनाएको छ ।


अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी रकेट प्रक्षेपण गरिएको हो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । ‘स्पेस एक्स कम्पनीको इतिहासमा यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो र यस अभियानका लागि करिब ६ घण्टा लागेको थियो,’ कम्पनीले भनेको छ ।


स्पेस एक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको बुस्टरलाई पनि पुनः प्रयोग गरिएको हो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित स्पेस एक्सले अन्तरिक्षमा पर्यटक लैजाने योजना अघि सारिसकेको छ ।

प्रकाशित : असार ११, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?