१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मलेसियाली पूर्व– उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै

मलेसिया — मलेसियाली भ्रष्टाचारविरुद्धको आयोग (मलेसियन एन्टी करप्सन कमिसन)ले पूर्व उपप्रधानमन्त्री एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदीमाथि विदेशी कामदार आपूर्ति गर्नुअघि अपनाइने भिसा प्रणाली (भीएलएन सिस्टम) लागू गर्दा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । 

मलेसियाली पूर्व– उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै

आयोगले सोमबार बिहान उनलाई पक्राउ गरेको थियो । पछि उनी जमानतमा रिहा भएका थिए । उनलाई बुधबार क्वालालम्पुरस्थित सेसन्स कोर्ट र बिहीबार शाहआलमस्थित सेसन्स कोर्टमा मुद्दा दर्ता गराइनसक्ने उक्त आयोगले मंगलबार प्रकाशित एक वक्तव्यमार्फत संकेत गरेको छ ।


हमिदीमाथि गैरकानुनी ढंगबाट रकम आदनप्रदान गरेको, सत्ताशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचार गरेको लगायत झन्डै ८७ वटा अभियोगहरू लगाइनसक्ने जनाइएको छ । उनले ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेसियन रिंगिटबराबरको रकम अवैध रूपमा आर्जन गरेको आरोपमा गतवर्ष अक्टोबर १८ मा पक्राउ गरेर उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।


स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हाल उनले विभिन्न ४० वटा उनले हाल खेपिरहेका छन् । अधिकारीहरूले उनीमाथि थप ४७ नयाा अभियोगहरू लगाइनसक्ने जनाएका छन् । तीमध्ये विवादित भिएलएन प्रणाली पनि एक भएको बताइएको छ । मलेसियाले नेपालसहित विभिन्न श्रमिक स्रोत मुलुकबाट कामदार लिनुअघि उक्त प्रक्रियाको जिम्मा सम्बन्धित देशमा रहेका निजी कम्पनीलाई तोकेको थियो ।


यसअघि हमिदीसहित मलेसियाका सरकारी अधिकारीसागको मिलेमतोमा मलेसिया जाने कामदारबाट अनधिकृत शुल्क उठाउने गरेको भन्दै मलेसियाली संसद्भित्रै समेत आलोचना भएको थियो । भीएलएन नामबाट नेपालमा भिसा सेन्टर स्थापना भएपछि २०७० सालदेखि २०७५ वैशाखसम्म मलेसिया जाने कामदारबाट अतिरिक्त रकम असुल्ने गरेको भन्दै सरकारले भीएलएन लगायतका कम्पनीलाई कारबाही गरेको थियो । त्यसयता मलेसियाको रोजगारी बन्द छ ।

प्रकाशित : असार ११, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?