कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दुई अमेरिकी सैनिक मारिए

एएफपी

हेरात — आतंककारी आक्रमणमा परी बुधबार अफगानस्तिानमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।

अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ ।


हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि नेटोआबद्ध अमेरिकी सेनामाथि हुँदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए ।


अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआबद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा ९ सैनिकको मृत्यु भएको छ । सन् २०१८ को यसै अवधिमा १२ नेटोआबद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो ।


अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गर्नु भएको अफगानिस्तानको भ्रमणको क्रममा पोम्पेओले अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताएका छन् ।

प्रकाशित : असार ११, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?