तालिबानको आक्रमणमा ८ सुरक्षा अधिकारीको मृत्यु

रासस/सिन्ह्वा

काठमाडौँ — अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राति तालिबान लडाकू समूहको आक्रमणमा कम्तीमा ८ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ ।    

गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राति गरेको यस आक्रमणमा ८ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुख लगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । मङ्गलबार राति भएको आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताएका छन् ।


प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन । तालिबान लडाकू समूहले पनि आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित : असार ११, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?