३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

एएफपी

त्रिपोली — संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो । 

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मंगलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ । सो आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । ती मध्ये ६ जना बालबालिका रहेका छन् ।


घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लूएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताए ।


राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएको हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो ।


लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी घाइते भएका पनि डब्लूएचओले जनाएको छ । त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झण्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन् ।

प्रकाशित : असार २१, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?