कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ह्वाइटहाउसमा बाढी !

(न्युयोर्क) — लगातार दुई घण्टाको मुसलधारे वर्षापछि वासिङटन डिसी क्षेत्र बाढीको चपेटामा परेको छ । सोमबार बिहानको वर्षा र हावाहुरीले धेरै भूभाग प्रभावित भएका छन् । वासिङटन डिसीस्थित हृवाइटहाउसमा समेत बाढी पसेको छ ।

ह्वाइटहाउसमा बाढी !

अधिकारीहरुका अनुसार वासिङटन डिसी क्षेत्रमा ३.४४ इन्च वर्षाको पानी जमेको छ । सन् १९५८ पछिको यो बढी हो । उक्त वर्ष वासिङटन डिसी क्षेत्रमा २.१६ इन्च पानी जमेको थियो ।


सोमबारको वर्षा र हावाहुरीबारे मौसम विभागले समेत भविष्यवाणी गर्न सकेनन् । मौसम विभागले यो अवस्था आउन सक्ने सम्भावना १ प्रतिशत मात्रै रहेको जनाएको थियो । अविरल वर्षापछिको बाढीले वासिङटन डिसी क्षेत्रका सडकहरु जलमग्न भएका छन् । सहरका मेट्रो ट्रेन स्टेसनमा समेत पानी पसेको छ । दुईवटा अन्डर ग्राउन्ड ट्रेन स्टेसनमा पानीको भेल पसेको थियो ।


विशेष त मोन्टेगोमेरी काउन्टी, नर्दन फेयरफक्स काउन्टी र आर्लिङटन काउन्टी वर्षा र हुरीले अत्यधिक प्रभावित भएका छन् । एनबीसी समाचारका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय र निवास हृवाइटहाउसको बेसमेन्टमा समेत पानी पसेको छ । जसकारण कर्मचारीहरुले पानीमा तैरिने भेस्ट लगाएर काम गरेका थिए । आर्लिङटनस्थित एक मलको पार्किग लटमा पानी पसेर बिजोग भएको समाचारमा उल्लेख छ । बाढी र हावाहुरीले डिसीका केही क्षेत्रमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ ।


रोनाल्ड रेगन नेसनल एयरपोर्टमा ३.४४ इन्चसम्म वर्षाको पानी जमेको मापन गरिएको छ । डिसी एरियामा वर्षाले सडक जलमग्न भएपछि सवारीसधानहरु घण्टौं जाम परे । सर्वसाधारणको भागभागको स्थिति थियो । धेरैलाई पानी जमेको स्थानबाट गाडीबाट उद्धार गरिएको थियो । आधा घण्टामै सडकमा १० इन्चसम्मको पानी जम्मा भएपछि सडकमा पानीले सानोतिनो नदीकै रूप लिएको थियो । डिसी मेट्रो क्षेत्रको भर्जिनिया, मेरिल्यान्डमा समेत वर्षाले आएको बाढीबाट नराम्ररी प्रभावित भएका छन् ।


यसैबीच, अमेरिकी अधिकारीहरुले हृवाइटहाउसमा रहेका ऐतिहासिक अभिलेख, दस्तावेज, घोषणापत्र, संविधानलगायतका दस्तावेजहरू सुरक्षित रहेको जनाएका छन् ।




प्रकाशित : असार २४, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?