कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बेलायती राजदूतले दिए राजीनामा

(एएफपी)

लन्डन — अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोकले राजीनामा दिएका छन् । उनको ईमेल चुहावटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तिक्तता बढेकै बेला यो राजीनामा आएको हो ।

बेलायती राजदूतले दिए राजीनामा

सर किमले ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।


बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्बन्ध सुधार र बेलायती चासोबारे पटक–पटक बुझाउने प्रयास गरे पनि सफल हुन सकिनँ’ उनले राजीनामा पत्रमा लेखेका छन, ‘मैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भवजस्तै भएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु ।’


बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वासमा पनि आफूले राजीनामा दिएको बताए । उनले राजीनामाबारे प्रधानमन्त्री टेरेजा मेले संसद्मा जानकारी पनि दिइसकेको र राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रमबाट धन्यवादसमेत पाइसकेको बताए । ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।


राष्ट्रपति ट्रम्पले राजदूत सर किमसँग ‘व्यवहारै नगर्ने’ भनेका थिए । बेलायतले भने आफ्नो राजदूतप्रति ‘प्रधानमन्त्रीको पूर्ण समर्थन रहेको’ प्रतिक्रिया मंगलबार दोहराएको थियो । ‘डाउनिङ स्ट्रिट’ ले आफ्ना राजदूत सर किमप्रति ‘पूर्ण समर्थन’ रहेको भनेको थियो । सर किमको ईमेल चुहावटपछि बेलायती सरकारले यसबारे जाँचको आदेश दिएको थियो ।


‘बीबीसी’ का कूटनीतिक संवाददाता जेम्स लेन्डनका अनुसार ट्रम्पले सर किमप्रति जुन प्रतिक्रिया व्यक्त गरे, त्यो आफ्नो मुलुकबाट विदेशी कूटनीतिकलाई देशबाहिर पठाउने औपचारिक कानुनी प्रक्रिया नै हो । राष्ट्रपति ट्रम्पले आफ्नो टीटमा जुन शब्दको प्रयोग गरेका थिए, त्यसले सर किमलाई बेलायत फिर्ता हुने भनेको विश्लेषण गरिएको थियो ।


प्रकाशित : असार २६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?