कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध गरेको बेलायतको आरोप झूटो’

एएफपी

तेहरान — ‘तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध गरेको बेलायतको आरोप झूटो’ भएको इरानले दाबी गरेको छ । 

‘तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध गरेको बेलायतको आरोप झूटो’

‘बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा कुनै सत्यता नरहेको’ इरानी गार्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


‘विगत २४ घण्टामा बेलायतसमेतका कुनै पनि जहाजमाथि आक्रमण गरिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ । बेलायत सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दैर् ‘तीनवटा इरानी पानीजहाजमा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्यांकरमा आक्रमण प्रयास गरेको’ दाबी गरेको थियो ।


तर विदेशी जहाज नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले ‘तत्कालै, निर्णायक र तीव्रता’ का साथ गर्न सक्ने इरानले दाबीसमेत गरेको छ ।


जिब्राल्टारको तटीय क्षेत्रबाट जुलाई ४ मा इरानी तेल ट्यांकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुवै देशबीच तनाव जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ‘ग्रेस १’ नामक तेल ट्यांकर बेलायतको नियन्त्रणमा छ ।

प्रकाशित : असार २७, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?