अष्ट्रेलियामा शक्तिशाली भूकम्प

रासस/एएफपी

सिड्नी — अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । 

भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ।

अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ। ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ।

राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ।

प्रकाशित : असार २९, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

रासस

उदयपुर — उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका- ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आइतबार बिहान फुटेको छ ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार शनिबार रातिनै बैद्यनाथ खोला आसपास हुँदै कटारीको यारी खोलामा मिसिने स्थानका गाउँका स्थानीयवासीलाई सतर्क गराएर अन्यत्र सारिएको कारण अहिले सो गाउँ खाली भएका कारण बैद्यनाथ खोला फुट्दा मानवीय क्षति नभएको हो ।

बैद्यनाथ खोला पहिरोले थुनिएपछि नेपाली सेनाको एक टोली विष्फोटक पदार्थ लिएर सो क्षेत्रमा नदी खोल्न पुगेपनि सेनाले उक्त नदी फुटाउन नपरिकन नदी आफै फुटेको हो ।

प्रकाशित : असार २९, २०७६ १४:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT