२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वाचा पूरा नभएपछि राष्ट्रपतिद्वारा क्षमायाचना

एजेन्सी

सोल — दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले आफ्नो सन् २०२० सम्ममा श्रमिकको न्यूनतम ज्याला बढाउने प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्  ।

वाचा पूरा नभएपछि राष्ट्रपतिद्वारा क्षमायाचना

दक्षिण कोरियामा सन् २०१७ मा भएको राष्ट्रपतिय चुनावी अभियानका क्रममा मुनले श्रमिकको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्‍याउने वाचा गरेका थिए । राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा क्षमायाचना गरेका हुन् ।

राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भने, ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार न्यूनतम पारिश्रमिकको लक्ष्य पूरा गर्न सम्भव भएन ।’

साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराएका हुन् । चेओङ वा–दायका सहयोगीहरूसँग भनेका छन्, ‘राष्ट्रपति मुनले मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्था मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठिन निर्णय लिएको बताउनुभएको छ ।’ श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको समितिमा बुधबार भएको मतदानमा अर्को वर्षदेखि लागु हुने गरी २.९ प्रतिशत पारिश्रमिक वृद्धिको निर्णय गरिसकेको छ ।

तर पछिल्लो प्रावधानअनुसार सन् २०२० देखि दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा ८ हजार ५ सय ९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत वर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै कम भएकाले न्यूनतम ज्यालादर प्रतिघण्टा १० हजार कोरियाली वन पुर्‍याउने लक्ष्यसहितको नीति असफल भएको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?