कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चीनको आर्थिक वृद्धिदर २७ वर्षकै न्यून

एएफपी

बेइजिङ — चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर तीन दशककै न्यून देखिएको छ ।  चिनियाँ सरकारी विवरणअनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वबजारमा चिनियाँ सामग्रीको मागमा आएको मन्दीका कारण आर्थिक वृद्धिदर खुम्चिएको हो । 

चीनको आर्थिक वृद्धिदर २७ वर्षकै न्यून

चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार दोस्रो चौमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखिएको छ जब कि पहिलो चौमासिक अवधिमा ६.४ प्रतिशत आर्थिक वृद्धिदर थियो । चिनियाँ अधिकारीले सरकारी जीडीपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने दाबी गरेका छन् । तर सन् २०१८ को तुलनामा यो वृद्धि अनुमान पनि कम हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत थियो ।


चिनियाँ अर्थतन्त्रमा निरन्तरको गिरावटसँगै अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुने आंकलन गरिएको छ । चिनियाँ तथ्यांक ब्युरोका प्रवक्ता माओ सेङयोङले चीन तथा अन्य मुलुकको आर्थिक परिस्थिति जटिल अवस्थामा पुगेको जनाएका छन् । उनले ‘बाहृय अस्थिरता एवं बढदो अनिश्चितताका कारण विश्वकै आर्थिक वृद्धि न्यून भएका अवस्थामा चीन अपवाद हुन नसक्ने’ बताए ।


चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौतीसमेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन । चीनको पहिलो ६ महिनामा कुल निर्यात केबल ०.१ प्रतिशतले मात्र वृद्धि भएको छ । माओले अर्थतन्त्रलाई थप गति दिन चीनले विभिन्न नीतिगत सुधार गर्ने संकेत गरेका छन् ।

प्रकाशित : असार ३०, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?