१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘प्रतिबन्ध हटे अमेरिकासँग वार्ता’

एजेन्सी

तेहरान — इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो देशविरुद्धका प्रतिबन्ध अन्त्य गरे अमेरिकासँग वार्ता गर्ने बताएका छन् । रौहानीले भनेका छन्, ‘यदि अमेरिकाले इरानविरुद्ध लगाएका प्रतिबधहरू हटाउँछ भने, हामी उनीहरूसँग वार्ताको टेबलमा बस्न तयार छौं ।’

‘प्रतिबन्ध हटे अमेरिकासँग वार्ता’

रौहानीले इरान सदैव वार्ताका पक्षमा रहेको जनाउँदै भनेका छन्, ‘तर त्यसका लागि अमेरिकाले अन्य राष्ट्रलाई होच्याउन छाड्नुपर्छ र अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्छ ।’


सन् २०१५ मा भएको परमाणु सम्झौतामा पक्षराष्ट्र जर्मनी, फ्रान्सलगायत देशका नेताहरूले पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो विवादबाट आफूहरूको गम्भीर ध्यानाकर्षण भएको आइतबार बताएका थिए । उनीहरूको प्रतिक्रियापछि इरानी राष्ट्रपति रौहानीको भनाइ सार्वजनिक भएको हो ।


२०१५ को इरानी परमाणु सम्झौताबाट एकपक्षीय रूपमा अलग भएपछि दुई देशबीच तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा इरानसँगको सम्झौता अन्यको घोषणा गरेलगत्तै अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । सम्झौतामा इरान आफ्ना परमाणु गतिविधि सीमित पार्न सहमत भएको थियो ।


आफ्नो अर्थतन्त्र कमजोर बनाइरहेका आर्थिक प्रतिबन्ध फुकुवा गर्ने सर्तमा इरान सम्झौतामा सहमत भएको थियो । तर ट्रम्पले इरानी परमाणु सम्झौताको औचित्य सकिएको घोषणा गर्दै अलग हुने घोषणा गरेका हुन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणासँगै परमाणु उत्पादन बढाउने जनाइसकेको छ । अमेरिकी निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिँदै युरेनियम उत्पादनको सीमा नमान्ने बताएको हो । युरोपेली संघ (ईयू) राष्ट्रहरूले इरानमाथि वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै आएका छन् ।


ईयू राष्ट्रको दबाबपछि इरानी राष्ट्रपति रौहानीले वार्ताका लागि तयार हरेको प्रतिक्रिया दिएको जनाइएको छ । यद्यपि, यसबारे अमेरिकाको औपचारिक भनाइ सार्वजनिक भइसकेको छैन ।

प्रकाशित : असार ३१, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?