१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जापनको एक एनिमेसन स्टुडियोमा आगजनी, ३३ को मृत्यु

एजेन्सी

वासिङ्टन — जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा गरिएको आगजनीमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । २९ घाइते छन् । मृतकमध्ये अधिकांश उक्त कम्पनीका कर्मचारी हुन् । 

जापनको एक एनिमेसन स्टुडियोमा आगजनी, ३३ को मृत्यु

जापानी प्रसारण संस्था एनएचकेका अनुसार केही मानिस हराइरहेका छन् । स्थानीय अस्पतालमा उपचाररत घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अधिकारीले जनाएका छन् । घाइतेमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागका अधिकारीले जनाएका छन् ।


स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीबार बिहान ‘क्योटो एनिमेसन’ स्टुडियोमा प्रवेश गरेर आगजनी गरेका हुन् । आगजनीका समय उक्त भवनमा करिब ७० जना थिए । भुइँतला र पहिलो तलाका १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको हो । दोस्रो तलाका मानिस भने आगलागीपछि बाहिर निक्सन असफल सकेनन् ।


एनिमेसन स्टुडियो रहेको ३ तले भवनमा स्थानीय समयानुसार बिहान १० बजेर ३० मिनेटमा आगजनी गरिएको हो । ‘एक व्यक्तिले तरल पदार्थ छर्केर स्टुडियो भनवमा आगो लगाएको’ क्योटो प्रहरी प्रवक्ताले बताए । एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै ‘अब तिमीहरू सबै मर’ भनेका थिए । एनएचकेले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ‘आगलागी फैलिएलगत्तै ठूलो विस्फोटन सुनिएको’ जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार ‘आगोले जलेका मानिसलाई एम्बुलेन्सतर्फ दौडाइएको’ थियो ।


प्रहरीले ४१ वर्षीय सन्दिग्धलाई पक्राउ गरिएको जनाए छ । घाइते अवस्थामा पक्राउ परेका उनको अस्पतालमा उपचार भइरहेको छ । उनको थप परिचय सार्वजनिक गरिएको छैन । प्रहरीले घटनास्थलबाट चक्कु बरामद भएको जनाएको छ । प्रहरीले योजनाबद्ध रूपमा स्टुडियोमा आक्रमण गरिएको जनाएको छ ।


सन्दिग्ध व्यक्तिको स्टुडियोसँग के सम्बन्ध थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘निकै दुःखदायी घटना भएको’ बताउँदै समवेदना प्रकट गरेका छन् ।


सन् १९८१ मा स्थापित क्योटो एनिमेसनले निर्माण गरेका ना भएको थियो । ‘के–अन’ र ‘द मेलन्कली अफ हारूही सुजुमिया’ जापानमा निकै लोकप्रिय छन् । एनिमेसन स्टुडियोमा आगजनीको समाचार सार्वजनिक भएसँगै प्रशंसकहरूले सामाजिक सञ्जालमा घटनाबारे दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : श्रावण २, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?