१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाकिस्तानी पूर्वप्रधानमन्त्री पक्राउ

एजेन्सी

लाहोर — पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । उनलाई नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का अधिकारीले बिहीबार गिरफ्तार गरेका हुन् । 

पाकिस्तानी पूर्वप्रधानमन्त्री पक्राउ

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब्बासीलाई एक पत्रकार सम्मेलनमा जाने क्रममा पक्राउ गरिएको हो । अधिकारीले पक्राउलगत्तै अब्बासीलाई स्वास्थ परीक्षणका लागि लगिएको जनाए । उनलाई हाल लाहोरस्थित एनएबी कार्यालयमा राखिएको छ । अब्बासीलाई शुक्रबार अदालतमा उपस्थित गराइने अधिकारीहरूले जनाएका छन् ।


‘अब्बासीलाई गिरफ्तार गरिएको छ, उहाँलाई आज वा भोलि अदालतमा पेस गरिनेछ,’ पक्राउलगत्तै एक अधिकारीले भने । नाम नखुलाउने सर्तमा अर्का एक अधिकारीले उनको पक्राउ पुष्टि गरेका एएफपीले जनाएको छ ।


अब्बासी सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका थिए । उनी प्रतिपक्षी दल मुस्लिम लिग नवाज (पीएमएल–एन) का प्रभावशाली नेता हुन् ।


पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारी पनि गत साता भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए । पूर्वप्रधानमन्त्री नवाज सरिफ भने भ्रष्टाचारकै मुद्दामा सात वर्षे जेल सजाय भुक्तान गरिरहेका छन् ।


भ्रष्टाचारविरुद्धको निकायका अधिकारीका अनुसार नवाजका भाइ शभाज सरिफलाई समेत पक्राउको तयारी भइरहेको छ । गतवर्ष प्रधानमन्त्रीमा निर्वाचित भएसँगै इमरान खानले भ्रष्टाचारविरोधी कारबाहीलाई तीव्रता दिएका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?