अमेरिकी संसद्‍ले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

रासस/सिन्ह्वा

वासिङ्टन — डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ ।

तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लीकनले विपक्षमा मतदान गरेका थिए । यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलर छ । अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन ।

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफलसमेत नगरिने जानकारी दिए । “अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पुर्‍याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्,” मिचेलले ट्वीट गर्दै भनेका छन्, “हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौं ।”

बजेटसम्बन्धी कङ्ग्रेस बजेट कार्यालयले यसै महिनाको सुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पुर्‍याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ १६:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लन्डनमा नेपाली चिया महोत्सव

कान्तिपुर संवाददाता

लन्डन — नेपाली दूतावास लन्डनमा 'नेपाल विकास सम्मेलन-८ तथा नेपाली चिया महोत्सव" आयोजना गरिएको छ । ‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) सँगको सहकार्यमा नेपाली दूतावासले बिहीबार सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालको विकासका लागि बेलायती कल्याणकारी संस्थाहरुलाई प्रोत्साहन विषयमा विभिन्न प्रस्तुतिहरु गरिएका थिए । सम्मेलनमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद मार्कस जोन्सले नेपालमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा कार्यरत ब्रिटिस संस्थाहरुको प्रशंसा गरे । उनले नेपाल ब्रिटेनको भरपर्दो मित्र भएको बताउँदै नेपालको विकासमा सघाउन बेलायत प्रतिबद्ध रहेको बताए। उनले हालै बाढीबाट नेपालमा धनजनको क्षति भएकोप्रति दु:ख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरे ।

ब्राङ्गोका संयोजक डेविड थोमसले नेपालमा काम गरिरहेका ब्रिटिस कल्याणकारी संस्थाहरु तथा अन्य संगठनहरुबीच सञ्चार, सहकार्य र आपसी सहयोग बढाउने उद्देश्यले सञ्जाल स्थापना गरिएको बताए । उनले १०० भन्दा बढी ब्रिटिस कल्याणकारी संस्थाहरु नेपालमा कार्यरत रहेकोमा ४२ वटा आफ्नो संस्थामा आबद्ध भइसकेको जनाए ।

नेपालका लागि पूर्व बेलायती राजदूत तथा ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष एन्ड्रयु स्पर्क्सले नेपालमा कार्यरत ब्रिटिस कल्याणकारी संस्थाहरुलाई बेलायती राजदूतावाससँग समन्वय गरी काम गर्न सुझाव दिए । उनले चेभनिंग स्कलरसिपजस्ता छात्रवृत्तिका लागि थप रकम छुट्याउन बेलायत सरकारलाई आग्रह पनि गरे ।

सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच जनस्तरको सम्बन्ध बलियो बनाउन बेलायत गैरसरकारी संस्थाहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले गत महिना प्रधानमन्त्री केपी ओलीको बेलायत भ्रमण निकै सफल र उपलब्धिपूर्ण रहेको दाबी गरे । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ब्रिटिस कल्याणकारी संस्थाहरुलाई आग्रह पनि गरे ।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्न गैरआवासीय नेपाली संघ तयार रहेको बताए ।

ब्रिटेन-नेपाल च्याम्बरका अध्यक्ष तथा पूर्वसांसद राजेन्द्र खेतानले गैरसरकारी तथा निजी क्षेत्रलाई मिलेर काम गर्न सुझाव दिए ।

कार्यक्रमको दोस्रो चरणमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली चियाका बारेमा प्रस्तुति गरेका थिए । उनले नेपाली चियाको गुणस्तर विश्वस्तरको रहेको भन्दै नेपाली चिया पीउन सबैलाई आग्रह पनि गरेका थिए ।

प्रकाशित : श्रावण ३, २०७६ १५:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT