कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आप्रवासी हटाउनका नयाँ कानुन ल्याउँदै अमेरिका

एजेन्सी

अमेरिका — आफ्नो मुलुकबाट आप्रवासी हटाउनका लागि अमेरिकाले फास्ट ट्रायाकबाट नयाँ कानुन ल्याउने भएको छ । नयाँ कानुन लागू भएपछि त्यसले आप्रवासी अदालतको भूमिकालाई पनि प्रभावित बनाउने बताइएको छ । 

आप्रवासी हटाउनका नयाँ कानुन ल्याउँदै अमेरिका

नयाँ कानुनमा दुई वर्षदेखि अमेरिकामा बस्दै आएको प्रमाणित गर्न नसके आप्रवासीहरुलाई तत्कालै देश निकाला गर्न सकिने व्यवस्था गरेको छ । अहिलेको कानुनी व्यवस्था अनुसार भने नियन्त्रण गृहमा दुई हप्ताभन्दा कम समय रहेका आप्रवासीहरुलाई देश निकाला गर्न सकिने प्रवाधान छ ।


नयाँ कानुनले हजारौ मानिस प्रभावित हुने अधिकारवादीहरुले बताएका छन् । अमेरिकन सिभिल लाइबर्टीस युनियनले नयाँ कानुनले अदालतको नियमलाई समेत चुनौती दिने बताएको छ ।


मेक्सिको सिमानामा रहेको नियन्त्रण गृहको अवस्थाका कारण अमरेकिकाले आफ्नो अप्रावासी निति परिवर्तन गरेको बताइएको छ । विश्लेषकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२०को चुनावमा पुन: आप्रवासी नियन्त्रणको विषयलाई आफ्नो मुख्य मुद्दाको रुपमा उठाउन सक्ने बताएका छन् ।


पुरानो कानुनमा अमेरिकी भूमिमा दुईहप्ताभन्दा कम बसिरहेकाहरुलाई तत्कालै देशबाट निकाला गरिन्थ्यो । दुई हप्ताभन्दा बढी बस्नेहरुको हकमा भने अदालतले फैसला गर्थ्यो ।


नयाँ कानुनले आप्रवासीहरुलाई कुनै कानुनी झन्झट बिना जुनसुकै बेला देश निकाला गर्न सकिने व्यवस्था गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमलेन्ड सेक्युरिटीले नयाँ नियमले अवैधानिक रुपमा भित्रिएका आप्रवासीहरुलाई हटाउन थप सहज हुने बताएको छ ।


पिउ रिसर्ज सेन्टरका अनुसार अमेरिकामा करिब १ करोड ५ लाख आप्रवासीहरु कुनै डकुमेन्ट बिना नै बसोबास गरिरेहका छन् ।

प्रकाशित : श्रावण ७, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?