कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाको ओहायोमा पनि गोलीबारी, ९ जनाको मृत्यु १६ घाइते

एजेन्सी

काठमाडौँ — अमेरिकाको ओहायो राज्यको डेटन भन्ने स्थानमा एक बन्दुधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । बन्दुकधारीको जवाफी कारबाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमेरिकाको ओहायोमा पनि गोलीबारी, ९ जनाको मृत्यु १६ घाइते

सामाजिक सञ्जालमा हालिएका भिडियो फुटेजमा गोलीको आवाज सुनिएसँगै दर्जनौँ मानिसहरु भागिरहेको दृश्य देखिएको बीबीसले उल्लेख गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार उक्त घटना नेड पेपर्स बार अगाडि भएको थियो ।


आजै टेक्सास राज्यको एल पासो भन्ने स्थानमा गोलीबारी हुँदा २० जनाको मृत्यु हुनका साथै २६ जना घाइते भएका थिए ।


प्रकाशित : श्रावण १९, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?