कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इरानद्वारा फेरि ट्यांकर कब्जा

रोयटर्स

दुबई — इरानले अवैध रूपमा तेल ओसारेको आरोपमा खाडी क्षेत्रबाट अर्को एक ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ । इरानी रेभुलुसनरी गार्डले ट्यांकरसहित चालक दलका ७ सदस्यलाई नियन्त्रणमा लिएको जनाएको छ ।

इरानी समाचार संस्था फार्सका अनुसार ट्यांकरलाई इरानी टापु फार्सीबाट नियन्त्रणमा लिइएको हो । ‘स्ट्रेट अफ होर्मुज’ को उत्तरमा रहेको फार्सी टापुमा इरानी रेभुलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को जलसेनाको आधार रहेको छ ।


आईआरजीसीका एक कमान्डरका अनुसार ७ लाख लिटर तेल बोकेको ट्यांकर गत बुधबार नियन्त्रणमा लिइएको हो । यद्यपि, इरानी अधिकारीले ट्यांकर कुन देशद्वारा सञ्चालित हो भन्नेबारे केही उल्लेख गरेका छैनन् ।


इरानले करिब दुई साताअघि ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’ बाट बेलायती झन्डावाहक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । ‘स्टेना इम्पेरो’ नामको ट्यांकर हालसम्म पनि इरानको नियन्त्रणमा छ ।


इरानले भने ‘आफ्नो माछा मार्ने डुंगालाई ठक्कर दिएर पनि कुनै वास्ता नगरेपछि ट्यांकरलाई नियन्त्रणमा लिएको’ जनाएको छ तर उक्त ट्यांकरका मालिकले ‘स्टेना इम्पेरो’ ले कुनै अन्तर्राष्ट्रिय नियम उल्लंघन नगरेको तथा नियन्त्रण लिइएका बेला अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको’ दाबी गरेका छन् ।


पर्सियन र ओमानको खाडीबीचको २१ मिटर चौडा ‘स्ट्रेट अफ होर्मुज’ खाडीको रणनीतिक क्षेत्र हो ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?