कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘अमेरिकामा घृणालाई स्थान छैन’

एजेन्सी

वासिङटन — अमेरिका भएका पछिल्ला दुई गोलीकाण्डबारे प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आफ्नो देशमा घृणालाई कुनै पनि स्थान नरहेको’ बताएका छन् । शनिबार र आइतबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २९ जनाको ज्यान गएको थियो । टेक्सासको एक सपिङ मलमा भएको आक्रमणमा २० तथा ओहायोमा ९ जनाको ज्यान गएको थियो । आक्रमणमा ४२ जना घाइते भएका थिए । 

‘अमेरिकामा घृणालाई स्थान छैन’

‘हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन । हामीले हिंसा रोक्न आवश्यक कदम चाल्ने छौं,’ ट्रम्पले संवाददाताहरूसँग भने, ‘वर्षौंदेखि भइरहेका यस्ता घटना हामीले रोक्नै पर्छ ।’ राष्ट्रपति ट्रम्पले अल पासो र डेटनमा भएका घटना ‘मानसिक रोगको समस्याको परिणाम’ भएको दाबी गरे ।


राष्ट्रपति ट्रम्पले ‘यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्नेबारे आफूले महान्यायाधिवक्ता, गुप्तचर निकाय (एफबीआई) र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको जनाए । त्यसबारे उनले सोमबार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन् । ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नुपर्ने बताए ।


विपक्षी दल डेमोक्र्याट नेताहरूले राष्ट्रपति ट्रम्पले अश्वेत जनाताबारे उत्तेजना फैलाउने खालका टिप्पणी गर्ने गरेको भन्दै आलोचना गरेका छन् । अल पासोमा भएको नरसंहारमा ‘गोरा सर्वोच्चता’ का पक्षधर जिम्मेवार रहेको कतिपयको दाबी छ । उक्त नरसंहारलाई ‘आन्तरिक आतंकवाद’ को घटनाको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।


उक्त घटनाअघि सन्दिग्ध व्यक्तिको अनलाइन स्टाटसमा टेक्सास राज्यमा हिस्पानिक दक्षिण अमेरिकी मूलका आप्रवासीहरू आधिपत्य जमाएको उल्लेख गरेका थिए । त्यसैगरी, ९ जनाको ज्यान जाने गरी ओहायोको डेटनमा प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गरिरहेको छ । प्रहरी अधिकारीका अनुसार उक्त घटनामा आक्रमणकारीकी बहिनीको पनि ज्यान गएको छ ।


टेक्सासको अल पासोमा भएको गोलीकाण्ड मेक्सिकोबाट आएका मानिसप्रति लक्षित रहेको भन्दै मेक्सिकोले भर्त्सना गरेको छ । अल पासोमा मारिएकामध्ये ६ जना मेक्सिकोका नागरिक थिए । मेक्सिकोका परराष्ट्रमन्त्री मार्सेलो एब्राडरले ‘घटनाप्रति कानुनी बाटो अवलम्बन गर्ने र सन्दिग्धलाई सुपुर्दगी गराउन अनुरोध गर्नेबारे सोचविचार गरिरहेको’ जनाए ।

प्रकाशित : श्रावण २०, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?