१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नोबेल विजेता मोरिसन रहिनन्

(एजेन्सी)

वासिङटन — नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको मंगलबार निधन भएको छ । अमेरिकामा प्रभावशाली अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् ।

नोबेल विजेता मोरिसन रहिनन्

पारिवारिक स्रोतका अनुसार छोटो समयका लागि बिरामी परेकी मोरिसनको मंगलबार निधन भएको हो । उनी ८८ वर्षकी थिइन् ।


परिवारद्वारा जारी विज्ञप्तिमा ‘एक असल आमा, हजुरआमा तथा काकीले आफ्नो परिवार तथा साथीहरूको माझमा शान्तिपूर्ण रूपमा देहत्याग गरेकी’ जनाइएको छ । परिवारले विज्ञप्तिमार्फत ‘मरिसनलाई चिन्ने र माया गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको’ छ ।


सन् १९७० मा पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ प्रकाशन गरेकी थिइन् । उनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन् । उनका सुला, सङ अफ सोलोमन, टार बेबी, बिलोभेड, ज्याज, प्याराडाइज, लभ, अ मर्सी, होम र गड हेल्प द चाइल्ड उपन्यास प्रकाशित छन् ।


सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभेड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो । उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन् ।


अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई सन् २०१३ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए । उनी ‘र्‍यान्डम हाउस’ को सम्पादक बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिलासमेत हुन् ।


प्रकाशित : श्रावण २१, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?