१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नवाज शरिफकी छोरी मरियम पक्राउ

एजेन्सी

इस्लामावाद — पाकिस्तानी विपक्षी दलकी नेतृ तथा पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज भ्रष्टाचार मुद्दामा पक्राउ परेकी छन् ।उनलाई पाकिस्तानी भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेशनल अकाउन्टबिलिटी ब्यूरो (एनएबी) ले बिहीबार पक्राउ गरेको हो । मरियम पाकिस्तान मुस्लिम लिग– नवाज (पीएमएल–एन) की उपाध्यक्ष हुन् ।

नवाज शरिफकी छोरी मरियम पक्राउ

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि उनका बुबा नवाज लाहोरस्थित जेलमा छन् । मरियमलाई आफ्ना बुवााई भेट्न जाने क्रममा पक्राउ गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । मरियमसँगै नवाजका भतिज युसुफ अब्बास पनि पक्राउ परेका छन् ।


मरियमलाई एक चिनी उद्योगसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । पीएमएल–एनका प्रवक्ता अज्मा बुखारीले भनेका छन्, ‘दुवैजना चौधरी सुगर मिल्ससँग सम्बन्धित मुद्दाको छानबीनका क्रममा पक्राउ गरिएको छ ।’ मिल सरिफ परिवारसँग सम्बन्धित छ । बुखारीले ‘राजनीतिक प्रतिशोध साँध्न उनलाई पक्राउ गरिएको’ दाबी गरेका छन् ।


मुद्दाबारे छानबिन गरिरहेको एनएबीले मरियामलाई एक प्रश्नावली दिएर बिहीबार दिउँसो तीन बजेसम्म जवाफसहित उपस्थित हुन भनेको थियो । प्रश्नावलीमा चौधरी सुगर मिलसँग सम्बन्धित प्रश्नहरू थिए । एनएबीले मरियाम र अब्बास पक्राउ गरेको पुष्टि गरेको छ ।


पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मरियमलाई एनएबीको मुख्यालयमा राखिएको छ । एनएबीले यसअघि नै मरियमलाई उपस्थित पुर्जी काटेको थियो । मरियमले गत जुलाई ३१ मा एनएबी कार्यालयमा उपस्थित भई बयान दिएकी थिइन् । चौधरी सुगर मिलमा सन्दिग्ध व्यापारिक लेनदेनबारे बयान केन्द्रित भएको बताइएको थियो । मिलमा मरियमको सबैभन्दा बढी शेयर छ ।

प्रकाशित : श्रावण २३, २०७६ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?