१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भाकपाका नेताद्वय यचुरी र राजा पक्राउ

(एजेन्सी)

श्रीनगर — भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सिताराम यचुरी र नेता डि राजा शुक्रबार पक्राउ परेका छन् । नेताद्वयलाई विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।

भाकपाका नेताद्वय यचुरी र राजा पक्राउ

उनीहरू जम्मु–कश्मीर क्षेत्रका पार्टी नेता तथा कार्यकर्तालाई भेट्न जाने क्रममा पक्राउ गरिएको पार्टीले जनाएको छ । घटनाप्रति भाकपा ले विरोध जनाउादै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ ।


जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयविरुद्धमा भाकपा नेता/कार्यकर्ताले देशव्यापी प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु–कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् । भारतको केन्द्रीय सरकारले लोकतन्त्रविरोधी कदम चालेको भाकपाको भनाई छ ।


भाकपा महासचिव यचुरी र नेता राजाले जम्मु–कश्मीर भ्रमणका क्रममा आफूहरूलाई कुनै अवरोध नहुने वातावरण मिलाउन राज्यका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गरेका थिए । येचुरीले पार्टीको लेटरहेडमा मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत सार्वजनिक गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?