२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

क्षेप्यास्त्र परीक्षण दुर्घटनामा ५ को मृत्यु

एएफपी

मस्को — रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा ५ जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले जनाएको छ । तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो । 

क्षेप्यास्त्र परीक्षण दुर्घटनामा ५ को मृत्यु

यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले शनिबार जारी गरेको वक्तव्यमा आफ्ना ५ जना कर्मचारीको मृत्यु भएको र अरु ३ जना घाइते भएको उल्लेख छ ।


स्थानीयबासीले आणविक विकिरणको सम्भावना रहेको भन्दै सरकार र स्थानीय प्रशासन समक्ष सचेतता अपनाउन आग्रह गरेका थिए । तर रोसाटोमले आणविक चुहावटको सम्भावना नरहेको स्पष्ट गरेको छ ।


रुसी पनडुब्बीमा प्रयोग हुने आणविक क्षेप्यास्त्रको परीक्षणस्थलमै दुर्घटना भएकाले यसको प्रभाव स्थानीयबासीमा पर्न सक्ने बताइएको छ । स्थानीय सञ्चार माध्यमले शहरमा आणविक विकिरणको स्तर बढेको समाचार दिएका छन् ।


रोसाटोमले मृत्यु भएका र घाइतेहरुको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ । घाइतेहरुको विशिष्टीकृत मेडिकल सेन्टरमा उपचार भइरहेको रोसाटोमले बताएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?