कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियामा छुरा प्रहारका घटना बढे

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — सिड्नीमा मंगलबार एक युवाले छुरा प्रहार गरेर एक महिलाको हत्या गरेका छन् भने एकलाई घाइते बनाएका छन् । सिड्नीको व्यस्त सडकमा दिउँसै छुरा देखाएर आतंकित पार्ने उनलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । 

अस्ट्रेलियामा छुरा प्रहारका घटना बढे

दिउँसो २ बजे सिड्नीमा २१ वर्षीय मर्ट नेले छुरा लिएर सर्वसाधारणलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त क्रममा एक महिलालाई घाइतेसमेत बनाएका थिए । व्यस्त सडकमा आतंक मच्चाइरहेका उनलाई स्थानीय जनताले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिने क्रममा स्थानीयले दूधको क्रेट, क्याफेमा राखिएका कुर्सीहरूको प्रयोग गरेका थिए ।


प्रहरीले २१ वर्षीया एक युवतीको समेत घटना भएको स्थलनजिकै छुरा प्रहारबाट मृत्यु भएको र सो घटना आतंकित पार्ने युवकसँग सम्बन्धित भएको बताएको छ । प्रहरीले मंगलबारको घटना कुनै आतंकवादी संगठनसँग सम्बन्धित नभएको समेत बताएको सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनामा संलग्न युवा मानसिक रोगी भएको प्रहरीको जानकारीमा रहेको समेत बताइएको छ ।


प्रहरीले छुरा लिएर आतंकित पार्ने युवालाई नियन्त्रणमा लिएका सर्वसाधारणहरूलाई ‘हिरो’ को संज्ञा दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । घटनाका प्रत्यक्षदर्शीहरूले अति व्यस्त सहरमा भएको यस्तो घटनाले आतंकको वातावरण सृजना भएको बताएका छन् । न्यु साउथ वेल्सका प्रहरी कमिस्नर माइकल फुलरले पक्राउ परेका व्यक्तिको क्रियाकलाप खतरनाक रहेको प्रतिक्रिया दिएका छन् । घटनामा घाइते महिलाको स्थानीय सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : श्रावण २९, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?