मकैबारीमा विमान अवतरण गरेपछि...

एएफपी

काठमाडौँ — रुसको राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो ।

मकैबारीमा विमान अवतरण गरेपछि...

चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।


सो विमान मस्को सहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्रिमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमिटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।


हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् ।


विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।


रुसको स्वास्थ्य मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?