कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुँगुरको वीर्य तस्करलाई जेल

नारायण खड्का

(अस्ट्रेलिया) — सुँगुरको वीर्य तस्करी । सुन्दा नै अप्यारिलो । तर अस्ट्रेलियामा केहीले यस्तै गरेको तथ्य सार्वजनिक भएको छ । यहाँको पश्चिमी राज्यका व्यवसायीले सुँगुरको वीर्य तस्करी गरेको आरोपमा काराबासकै सजाय पाएका छन् । अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।

सुँगुरको वीर्य तस्करलाई जेल

स्थानीय जीडी पोर्क कम्पनीलाई ५ लाख अस्ट्रेलियन डलर जरिवानासमेत अदालतले तोकेको छ ।


अस्ट्रेलियामा सुँगुरको वीर्य तस्करीलाई अवैध मानिन्छ । कम्पनीका प्रबन्ध निर्देशक टोर्बेन सोरेन्सनलाई सुँगुरको वीर्य तस्करी आरोपमा पर्थस्थित अदालतले उक्त सजाय तोकेको हो । त्यस्तै, उत्पादन प्रबन्धक हेनिङ ल्याउनलाई २ वर्षको जेल सजाय सुनाइएका छ । सञ्चारमाध्यमका अनुसार मानिसले नुहाउन प्रयोग गर्ने स्याम्पुको बोतलमा यी दुई जनाले सुँगुरको वीर्यलाई लुकाएर तस्करी गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । वीर्यलाई हवाईजहाजको यात्रु लगेजमा लुकाएर दुवैले लगिरहेका थिए । तस्करीको घटना सन् २००९ देखि २०१७ सम्म भएको थियो ।


अस्ट्रेलियामा विभिन्न रोगहरु सर्न सक्ने शंकासहित सुँगुरको वीर्य मुलुकमा ल्याउन प्रतिबन्ध लगाएको छ । डेनमार्कबाट ल्याइएका वीर्यबाट २ हजारबढी सुँगुरहरु उत्पादन गरिएको दाबी गरिएको छ । तस्करी गरिएका वीर्यबाट छिटो र सजिलै गर्भाधान गराउन सकिने भएकाले व्यवसायीहरु तस्करीमा लागेको बताइएको छ ।


अदालतले दोषी पाइएकाहरु अस्ट्रेलियाको क्यारेन्टाइन र राष्ट्रिय बायोसेक्युरिटी कानुन उल्लंघन गरेको जनाएको छ । अस्ट्रेलियाको सुँगुर पालन व्यवसायका कार्यकारी अधिकृत मार्गो एन्ड्रयुले यो घटनाले धेरैलाई आश्चर्यमा पारेको छ । सन १९९५ मै अस्ट्रेलियाले सुँगुरको वीर्यलाई आयातनिर्यातमा प्रतिबन्ध लगाएको थियो । अवैध रूपमा ल्याइएको वीर्यबाट अस्ट्रेलियामा २ हजारभन्दा बढी सुँगुर उत्पादन भइसकेको सञ्चारमाध्यमको रिपोर्टहरुमा उल्लेख छ ।


एक तथ्यांकअनुसार अस्ट्रेलियाले वार्षिक रूपमा ३ लाख ६० हजार टन सुँगुरको मासु उत्पादन गर्छ । तीमध्ये ८ प्रतिशत विदेशमा निर्यात हुँदै आएको छ । अस्ट्रेलियाली सुँगुरको मासु मुख्य गरेर चीन, जापान, ताइवान र कोरियामा खपत हुने गर्छ । साथै अस्ट्रेलियाले सुँगुरको मासु उत्पादन गर्ने कृषकहरुका लागि विभिन्न नियमनसमेत कार्यान्वयनमा ल्याएको छ । अदालतकी न्यायाधीश टोर्य स्विनीले विदेशी लगानीकर्ताहरुको आग्रहको प्रभावमा तस्करहरु परेको बताइन् । उनले यो कार्य गम्भीर भएको समेत जनाइन् । अधिकारीहरुले वीर्यमा रहेको केशलगायतलाई अनुसन्धान गरी तस्करी गरिएको पत्ता लगाएका थिए । अस्ट्रेलियाकी कृषि मन्त्री बिज्रेट म्याकन्जिले यो घटनाले २ हजार ७ सय बढी अस्ट्रेलियाली सुँगुर पालक कृषकलाई अनादर प्रतिक्रिया दिएकी छन् ।



प्रकाशित : श्रावण ३१, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?