कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

म्यानमारमा विद्रोही आक्रमणमा १४ मारिए

(एएफपी)

म्यानमार — म्यानमारका विद्रोही समूहले सुरक्षाकर्मी लक्षित आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा ७ सैनिक र ४ प्रहरी रहेका छन् । प्रहरीका अनुसार विद्रोहीको आक्रमणको प्रतिवाद गर्ने क्रममा दोहोरो भिडन्त भएको थियो । 

सैनिक प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीहरुलाई विद्रोहीहरुले लगातार आक्रमण गर्दै आएका छन् । म्यान्मारमा आदिवासी जनजातिहरूको विद्रोही समूहले दशकयता सुरक्षाकर्मीविरुद्ध गर्दै आएको आक्रमणको यो पछिल्लो शृंखला हो । पछिल्लो आक्रमण पर्यटकीय क्षेत्र मण्डालेयनजिकै भएको छ । सैन्य प्रवक्ता जाव मिन तुनले भने ३ जनाको मृत्यु भएकोमा २ जना सैनिक र १ जना सर्वसाधारणको रहेको बताएका छन् ।


प्रकाशित : श्रावण ३१, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?