सुडानको प्रधानमन्त्रीमा अब्दल्लाको मनोनयन

एजेन्सी

खार्तुम — सुडानको प्रतिपक्षी दलहरूले नयाँ बन्ने संक्रमणकालीन सरकारको प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट उनको नाम सर्वसम्मत चयन गरिएको हो ।

सुडानको प्रधानमन्त्रीमा अब्दल्लाको मनोनयन

सुडानी पेसागत संघले अब्दल्लाको नाम सर्वसम्मत रूपमा चयन गरिएको जनायो । सुडानी सेना र आन्दोलनकारीबीच नयाँ संक्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।

खार्तुम विश्वविद्यालयबाट बीएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका अब्दल्ला हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ठ अधिकारीका रूपमा कार्य गरिसकेका छन् । सन् १९९० को दशकमा उनले निजी कम्पनीका साथै जिम्बाबेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ठ अधिकारीका रूपमा पनि काम गरेका थिए ।

उनीसँग आइभरिकोस्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव पनि छ । सन् २०१८ सेप्टेम्बरमा अब्दलालाई पूर्वराष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर, उनले बासिरको उक्त प्रस्तावलाई अस्वीकार गरि दिएका थिए ।

विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद् (टीएमसी) ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाबारे घोषणा गर्दै छ ।

आगामी सोमबार सम्झौताबमोजिम नयाँ सरकारले शपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद् विघटन हुने छ । आगामी अगस्ट २० मा प्रधानमन्त्रीको नियुक्त हुने र त्यसको भोलिपल्ट शपथ ग्रहण कार्यक्रम रहेको छ । अगस्ट २८ मा नयाँ सरकारका मन्त्रीको नाम सार्वजनिक गरिने कार्यक्रम छ ।

संविधानबमोजिम गठन हुने सार्वभौम परिषद्मा ११ जना सदस्य रहे छन् । पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुने छन् । मन्त्रिपरिषद् २० जनाको हुने छन् । रक्षा र गृहमन्त्रीबाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिने छन् । यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिने छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?