१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इराकको बबिल प्रान्तमा मोटरसाइकल बम विस्फोट : ४ को मृत्यु, ३० घाइते

रासस/सिन्ह्वा

बग्दाद — इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

इराकको बबिल प्रान्तमा मोटरसाइकल बम विस्फोट : ४ को मृत्यु, ३० घाइते

इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।


यस विस्फोटबाट कैयौ पसल, भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।


यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ । यद्यपि सन् २०१७ को अन्त्यबाट इराकमा नाटकीय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?