कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हङकङमा प्रदर्शनकारी र प्रहरीबीच झडप 

(एजेन्सी)

हङकङ — हङकङमा बाह्र सातादेखि जारी सरकारविरोधी प्रदर्शनका क्रममा झडपहरू भएका छन् । हङकङको पूर्वमा पर्ने कुवान टोङ जिल्लामा शनिबार दसौं हजार मानिसले गरेको प्रदर्शनमा दंगा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गरेपछि आक्रामक बनेका प्रदर्शनकारीले पेट्रोल बम तथा इँट्टा प्रहार गरेका थिए ।

हङकङमा प्रदर्शनकारी र प्रहरीबीच झडप 

हङकङ सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा सुरू भएको प्रदर्शन हाल लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । पछिल्ला प्रदर्शनहरूमा हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा तथा प्रहरी दमनको स्वतन्त्र छानबिन माग गरिँदै आएको छ । सरकारले स्थगित गरिसकेको भए पनि सुपुर्दगी विधेयक फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीको छ ।

शनिबारको प्रदर्शनमा सहभागी अधिकांशले कडा टोपी तथा अश्रुग्यासको असर रोक्ने मास्क लगाएका प्रदर्शनकारीले कुवान टोङको र्‍यालीमा सहभागी भएका थिए । तर, प्रदर्शनकारीहरू औद्योगिक क्षेत्रमा प्रहरीले उनीहरूलाई रोकेपछि अग्रपंक्तिमा रहेका प्रदर्शनकारीले बासको पोल तथा गाडीले बाटो छेकेका थिए । कपितय प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरि भित्ताहरूमा अपशब्द लेखेपछि प्रहरीले हस्तपक्षेप गरेको समाचार संस्था एएफपीले जनाएको छ ।


शनिबारको विरोधमा उत्रेकाहरूले सहरका विभिन्न स्थानमा राखिएका ‘स्मार्ट ल्याम्पपोस्ट’ हटाउन माग गरेका थिए । अधिकारीहरूले ती यन्त्रले हावाको गुणस्तर मापन गर्ने दाबी गरेपछि प्रदर्शनकारीले ‘अनुहार पहिचान गर्न चीनले निगरानीका लागि जडान गरेको’ बताउने गर्छन् ।


प्रदर्शन चर्किंदै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले वार्ताबाट समस्या समाधानका लागि आग्रह गरेकी सीएनएनले जनाएको छ । लामले फेसबुकमा शनिबार लेखेकी छन्, ‘सबैजना थाकिसके । के हामी बसेर वार्ता गर्न सक्दैनौं ?’


प्रदर्शनको नेतृत्व गरेकाहरूले यसअघिका ‘शान्तिपूर्ण प्रदर्शनमा राखिएका माग सरकारले वेवास्था गरेकाले’ हिंसामा उत्रनु परेको समेत बताएका थिए । एक १९ वर्षीय विद्यार्थीले भने, ‘शान्तिपूर्ण प्रदर्शन गरेर समस्या समाधान हुन्न भन्ने मैले बुफभसकें ।’


प्रदर्शन किन ?

अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन सुरु भएको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीको छ ।

विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भदै विशाल प्रदर्शनहरू गरिँदै आएको छ । तर, हङकङका अधिकारीले सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने बताएका थिए । विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर सडकमा उत्रेका हुन् ।


एक १९ वर्षीय युवाले ताइवानमा गर्भवती प्रेमिकाको हत्या गरी आफ्नो देश हङकङ फर्केपछि सुपुर्दगी कानुनबारे चर्चा सुरु भएको हो । ती युवकलाई बुझाउन ताइवानद्वारा आग्रह गरिए पनि हङकङसँग कानुनी जटिलता रहेको बताउने गरेको छ । ताइवानमा एक पुरुषले आफ्नी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयकबारे चर्चा सुरु भएको हो । त्यसपछि प्रस्तावित विधेयकका पक्षधरले हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको दाबी गर्छन् ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । त्यसयता हङकङलाई ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन गर्दै आएको चीनले सीमावर्ती क्षेत्र सेन्जेनमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।


विरोध प्रदर्शन चर्कंदै गएपछि हङकङमा रहेका चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता व्यक्त हुने गरेको छ । हङकङको सीमाक्षेत्रमा सैनिक बल थपेपछि चीनले त्यसको तयारीका गरेको आंकलन गरिएको थियो । हङकङमा सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद् व्यवस्थापनमा आवश्यक सहयोगका लागि सरकारले चिनियाँ जनमुक्ति सेनालाई आग्रह गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : भाद्र ७, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?