कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बैठक सञ्चालन

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाको बैठक सञ्चालन गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको प्रक्रिया अगाडि बढाएका हुन् । 

कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बैठक सञ्चालन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेस गरेका थिए ।


प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न आग्रह गर्दै आजै वार्ता टोली गठन गर्न माग गरे । कांग्रेसका सांसदहरुले राष्ट्रियसभामा उभिएर विरोध गरिरहे।

देवले सरकारी वार्ता टोली र डा. केसीबीच भएको सम्झौता सरकारले पालना गर्नुपर्ने बताए । सरकारले कसैसँग सम्झौता गरेर कार्यान्वयन नगर्दा राज्यसँग आमनागरिकको विश्वास गुम्ने बताए । 'कांग्रेसले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्ने भनेकै हो । तर सरकारले राम्रो काम गरेन । निर्मला पन्त हत्या प्रकरणदेखि गोविन्द केसीको अनशनसम्म आइपुग्दा सरकारको गति देखिएको छ ' सांसद देवले भने, 'यसले मुठभेडको राजनीति निम्त्याउन सक्छ । '

प्रकाशित : माघ १७, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?