कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

कसुर पुष्टि भए १ वर्षसम्म कैद र १ लाख जरिवाना हुनसक्ने
मातृका दाहाल

काठमाडौँ — प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।

आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

महानगरीय प्रहरी परिसर काठमाडौंले राउतमाथि अनुसन्धान सुरु गरेको हो । पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन् । बिहीबार प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।

अभद्र व्यवहारसम्बन्धी प्रारम्भिक अनुसन्धानमा राउतकै गल्ती देखिएको एक अधिकारीले बताए । विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउतले आफूलाई खानतलासी गरेको भन्दै प्रहरी जवानविरुद्व जाइलागेको सीसी टिभी फुटेजमा देखिन्छ । त्यस्तै महिला प्रहरीले उनलाई कफी लैजान दबाब दिएकी छन् । तर, आस्थाले बेवास्ता गर्दै हिड्न खाेजेकी छन् । उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गाली गर्दै आक्रोश पोखेकी थिइन् ।

अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि १० हजारसम्म जरिवाना वा दुवै सजाय गराउन सक्ने बताए। गायिका राउतको विषय प्रशासनमा आइनसकेको पनि उनले बताए।

प्रकाशित : माघ ३, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?