कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको असहमति

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बिहीबारको बैठकबाट राष्ट्रिय चिकित्सा विधेयक पारित गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७५ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको असहमति

राष्ट्रिय सभा बैठक प्रारम्भ भएदेखि नै कांग्रेस सांसदहरु भने उठेर विरोध गरिरहेका थिए ।


राष्ट्रिय सभाबाट पारित भएसँगै संघीय संसद्‌बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७५ पारित भएको छ । प्रतिनिधि सभाको माघ ११ गते बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षीको विरोधका बीच चिकित्सा विधेयक पारित गरिएको थियो । प्रतिनिधिसभाका कांग्रेस सांसहरुले विधेयक पारित हुन नदिन वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । उनलीहरुले मन्त्री पोखरेल रोस्टमा जान नदिने प्रयास पनि गरेका थिए । तर, राष्ट्रिय सभामा भने अध्यक्ष तिमिल्सिनाले खुरुखुरु प्रक्रिया अघि बढाइरहँदा कांग्रेस सांसदहरु आ-आफ्ना ठाउँमा उभिए मात्रै।


राष्ट्रिय सभाको अर्को बैठक माघ २० गतेका लागि तोकिएको छ ।


यो पनि पढौं : चिकित्सा शिक्षा विधेयक पारित

प्रकाशित : माघ १७, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?