कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी गाडी सहित मेला जानेलाई २४ घण्टे स्पष्टीकरण 

हरि गौतम

रुकुम पश्चिम — जिल्ला प्रशासन कार्यालयले सरकारी गाडी र मोटरसाइकल सहित मेला हेर्न गएकाहरूलाई स्पष्टीकरण सोधेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कार्यालय समयमा सरकारी सवारी साधान सहित मेला जानुको कारणबारे २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सरकारी गाडी सहित मेला जानेलाई २४ घण्टे स्पष्टीकरण 

‘कार्यालय समयमा सरकारी गाडी सहित मेला जानुको कारण के हो भनेर सबैलाई लिखित रूपमै स्पष्टीकरण सोधिएको छ,’ प्रजिअ रेग्मीले भने, ‘सायद शुक्रवारसम्म त्यसको जवाफ आउँछ होला ।’ माघ १६ गते बुधवार मुसिकोट नगरपालिका–७, साँखमा लागेको स्थानीय मेला हेर्न केही सरकारी कार्यालयका कर्मचारी सरकारी गाडी सहित पुगेका थिए ।


मुसिकोट नगरपालिकाको रा १ झ १२९, शिक्षा विकास तथा समन्वय इकाईको बा १ झ ९६७२ र जिल्ला सरकारी वकिल कार्यालयको बा २ झ २६९८ नम्बरको गाडी सहित घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अस्पताल लगायत कार्यालयका कर्मचारी मोटरसाइल लिएर मेला हेर्न पुगेका थिए ।


कार्यालय समयमा सरकारी सवारी साधन लिएर कर्मचारी मेला पुगेका फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा आएको फोटोलाई सूचना मानेर जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

प्रकाशित : माघ १७, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?