रेडियो कान्तिपुर अन ह्विल्स म्युजिक रोड शो धरानबाट सुरु

वैशाख २५, २०८१ २२:१८

यो वर्षको रेडियो कान्तिपुर अन व्हिल्स म्युजिक रोड शो कार्यक्रम सुनसरीको धरानबाट सुरु भएको छ ।

नारीवादी विदेश नीतिको चर्चा

वैशाख २५, २०८१ २२:१३

नेपालमा मंगलबार नारीवादी विदेश नीतिको बारेमा चर्चा भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको नारीवादी विदेश नीतिको सम्बन्धमा चर्चा भएको हो ।

नौ बुँदे घोषणापत्र जारी गर्दै गुठीपीडित किसानको सम्मेलन सकियो

वैशाख २५, २०८१ २१:३८

गुठीपिडित किसानहरुको दुई दिने राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ । 

प्रकाश स्मृति भलिबलको फाइनल बुधबार

वैशाख २५, २०८१ २१:२७

प्रकाश दाहाल स्मृति पहिलो वाग्मती अन्तरपालिका भलिबल प्रतियोगितामा महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीचको सेमिफाइनल खेल वर्षाको रोकिएको छ ।

कर्पोरेट सुपर सिक्सेस : माछापुच्छ्रे च्याम्पियन

वैशाख २५, २०८१ २१:२०

माछापुच्छ्रे बैंकले सातौं कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोतिगाको ट्रफी उचालेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार फाइनलमा आईसीएफसी फाइनान्सलाई ३ विकेटले हराएर माछापुच्छ्रेले उपाधि उचालेको हो ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वैशाख २५, २०८१ २१:०८

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

एरिका, पलेशा र कविराजलाई सम्मान

वैशाख २५, २०८१ २०:४९

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोवर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

मनिताले काजकिस्तानमा छनोट खेल्ने

वैशाख २५, २०८१ २०:४६

पेरिस ओलम्पिकका लागि छनोट आधार रहेको काजकिस्तान बरिसी ग्रान्ड स्लाम टेनिसमा नेपालकी मनिता श्रेष्ठ प्रधानले भाग लिने भएका छन् ।

महिला खुला तौलमा अनिशालाई स्वर्ण

वैशाख २५, २०८१ २०:३७

एपीएफकी अनिशा तामाङले १८ औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट करातेको महिला खुला तौलमा स्वर्ण जितेकी छन् ।

चट्याङ लागेर मृत्यु 

वैशाख २५, २०८१ २०:१९

चट्याङ लागेर झापामा मंगलबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अपराह्न पौने ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर अर्जुनधारा नगरपालिका २ चौरासेका ५४ वर्षीय मोहनकुमार दुलालको मृत्यु भएको हो । 

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ मा हुने 

वैशाख २५, २०८१ २०:०७

आइसिटी फाउण्डेसनले नेपाल डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेष्ठ २५ गते आयोजना गर्ने भएको छ । डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।

प्रधानमन्त्री दाहाल मुल्कोटमा

वैशाख २५, २०८१ २०:०६

प्रधानमन्त्री पुष्पकमल दाहाल सुनकोसी मरिण डाइभर्सन सुरुङ 'ब्रेक थ्रु' गर्ने कार्यक्रमका लागि सिन्धुलीको मुलकोट आइपुगेका छन् । 

विद्यार्थी नेताहरूलाई कानुनमन्त्रीको सुझाव : सत्ताको ताबेदारी होइन हामीलाई खबरदारी गर्नुस्

वैशाख २५, २०८१ १९:४१

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कानुन तथा संघीय मामिला विभागले मंगलबार नेपाल ल क्याम्पसमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस

वैशाख २५, २०८१ १९:३३

विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही गर्न गृह मन्त्रालयद्धारा गठित छानबिन समितिले सिफारिस गरेको छ ।

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

वैशाख २५, २०८१ १९:२५

जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

वैशाख २५, २०८१ १९:१५

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

नेकपा एसको निष्कर्ष : 'सरकारमा निरन्तरता कायम रहन्छ'

वैशाख २५, २०८१ १९:०१

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय समिति बन्छ : शिक्षामन्त्री श्रेष्ठ

वैशाख २५, २०८१ १८:५५

शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत शिक्षणसंस्थाको जग्गा जमिन अतिक्रमणबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने बताएकी छिन् ।

शिक्षा मन्त्रालयको निर्णय : घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता

वैशाख २५, २०८१ १८:४४

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । 

पेमेन्ट गेटवेमा भ्रष्टाचार : सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

वैशाख २५, २०८१ १८:४१

विशेष अदालले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध सवा २३ करोड रुपैयाँ जरिवाना र नौ वर्ष कैदको सजाय तोकेको छ । सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) का उपकरण तथा परामर्श सेवा खरिदमा पौडेल दोषी ठहर भएका हुन् ।

बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

वैशाख २५, २०८१ १८:३७

अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

वैशाख २५, २०८१ १८:२७

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

सुनकोशी-मरिण डाईभर्सनले खोल्ने सम्भावनाका ढोका

वैशाख २५, २०८१ १८:२१

मधेस प्रदेशको राजधानी जनकपुरबाट करिब आधाघण्टा पश्चिमतर्फ महेन्द्र राजमार्ग हुँदै बर्दिबास पुगिन्छ । महेन्द्र राजमार्गलाई छाडेर बर्दिबासबाट उत्तरतर्फ वीपी राजमार्ग हुँदै करिब एक घण्टाको यात्रापछि पुगिन्छ, सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी ।

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

वैशाख २५, २०८१ १८:०८

हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

वैशाख २५, २०८१ १८:०८

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

वैशाख २५, २०८१ १७:४९

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । 

सरूवा गर्दा आफूहरूलाई नसोधेको भन्दै त्रिविका रजिष्ट्रारलाई कर्मचारी संघको धम्की

वैशाख २५, २०८१ १७:२२

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका अध्यक्षसहितको समूहले आफूहरूलाई नसोधी कर्मचारी सरूवा गरेको भन्दै  कार्यकक्षमै पुगेर रजिष्ट्रार केदार रिजाललाई धम्क्याएका छन् । 

वर्षाले केही घट्यो वायु प्रदूषण

वैशाख २५, २०८१ १७:२१

मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ छ ।

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना 

वैशाख २५, २०८१ १७:१०

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । जेठ १० गतेबाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले  जरिवाना गरेर फिर्ता पठाएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले जानकारी गराए ।

सुनसरी जिल्ला लिग बुधबारदेखि

वैशाख २५, २०८१ १६:५३

सुनसरीमा दुई वर्षपछि जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता हुँदै छ । जिल्ला फुटबल संघ सुनसरीले बुधबार वैशाख २६ देखि जेठ ९ गतेसम्म जिल्लामा ‘ए’ डिभिजन लिग हुने जानकारी गराएको छ ।

संखुवासभामा बलात्कारका घटनामा कमी

वैशाख २५, २०८१ १६:२८

जिल्ला प्रहरी कार्यालय संखुवासभाले पछिल्लो ३ वर्षमा बलात्कारको घटना कम हुँदै गएको जनाएको छ । प्रहरीले खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका घटनामा कमी हुँदै गएको तथ्यांक सार्वजनिक गरेको हो ।

समग्र सहकारी समस्याबारे संसदीय छानबिन हुनसक्छ, व्यक्तिलक्षित समितिको माग सम्भव छैन : महेश बर्तौला

वैशाख २५, २०८१ १५:५५

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै त्यस्तो संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

सहकारीको बचत अपचलन : संसदीय छानबिन समिति बनाउन लामिछाने असहमत

वैशाख २५, २०८१ १५:४५

सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  सहकारीको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन अस्वीकार गरेका छन् । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा लामिछानेले त्यस्तो समितिले गलत नजिर बस्ने तर्क गरेका छन् । 

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

वैशाख २५, २०८१ १५:४२

दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

पूर्वमन्त्री गुरुङको निधन 

वैशाख २५, २०८१ १५:३५

पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको हिमाल अस्पताल कमल पोखरीमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको नेपाली कांग्रेस ताप्लेजुङका पूर्वसभापति केशवप्रसाद दाहालले जानकारी दिए । १८ महिनादेखि ओछ्यान परेका उनी बाथ र सुगरका बिरामी थिए । 

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

वैशाख २५, २०८१ १५:२०

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१० प्रतिशतले सकारात्मक बनेको हो ।

संसद्‍मा बोल्न पाउँ भन्दै उपप्रधानमन्त्री लामिछानेले पठाए सभामुखलाई पत्र

वैशाख २५, २०८१ १५:१८

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै  सभामुख देवराज  घिमिरेलाई पत्र पठाएका छन् ।सहकारीको बचत अपचलनमा  मुछिएका लामिछानेकोबारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल  कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले स्वीकृत गर्‍यो साढे १० अर्ब कर्जा

वैशाख २५, २०८१ १४:३९

नेपालको वित्तीय स्थायित्व र वित्त सेवामा पहुँच वृद्धिका लागि अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकले ८ करोड अमेरिकी डलरको कर्जा स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले सोमबार नेपालका लागि विकास नीति सहायताअन्तर्गत वित्तीय सेवाको विविधिकरण लगायत क्षेत्रमा करिब १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरेको हो ।

सर्वदलीय बैठक : सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन कांग्रेसको अडान

वैशाख २५, २०८१ १४:२५

सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा कांग्रेसले सहकारीको बचत अपचलनको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायम राखेको छ ।

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

वैशाख २५, २०८१ १३:५५

सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । 

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ,  हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

वैशाख २५, २०८१ १३:१५

एउटा कार्यक्रमका लागि रामेछाप जाँदै गर्दा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गरेका बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् ।

पठाओले थप्यो कार प्लस सुविधा

वैशाख २५, २०८१ १३:०८

विगत ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।

बजेटमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कार्यान्वयन भएन : अग्रवाल

वैशाख २५, २०८१ १३:०६

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालू आर्थिक वर्षको बजेटमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म उक्त व्यवस्था लागू हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट २०२४ को उद्घाटन सत्रमा अध्यक्ष अग्रवालले आगामी वर्ष यो व्यवस्थालाई अनिवार्य गरिनु पर्ने बताएका हुन् ।

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसले दायर गर्‍यो सर्वोच्चमा रिट

वैशाख २५, २०८१ १३:०२

कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए ।

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

वैशाख २५, २०८१ १३:००

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । 

बुधबार सुनकोशी-मरिण डाइभर्सनको सुरुङ छिचोलिँदै

वैशाख २५, २०८१ १२:४६

सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् । 

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

वैशाख २५, २०८१ १२:२७

गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी । 

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग सभामुखले थाले छलफल 

वैशाख २५, २०८१ १२:२१

सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग छलफल सुरु गरेका हुन् । 

'मान्छे सोझी सोझी छ' सार्वजनिक

वैशाख २५, २०८१ १२:२१

गायक खेम सेन्चुरी र गायिका सुमित्रा तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा श्यामश्वेत रसाइलीको अरेन्जमा 'मान्छे सोझी सोझी छ' बोलको गीत सार्वजनिक भएको हो ।