२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

शंकर आचार्य

पर्सा — हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले नगद १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । 

हुण्डी कारोबारी युवक १३ लाख नगदसहित पक्राउ 

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजेतिर वीरगन्ज–१४ गण्डकचोकबाट पटेललाई नियन्त्रणमा लिएको हो । वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा पटेलले पिठ्युमा बोकेको झोलाभित्र लुकाई ल्याएको स्रोत नखुलेको १ हजार दरको ८ सय ८९ थान र ५ सय दरको ८ सय ५० थान, १ सय दरको १० थान गरी कूल १३ लाख १५ हजार रुपैयाँ बरामद भएको छ ।

उनको झोलाबाट विभिन्न बैंकको खाली चेकहरु ७ थानसमेत बरामद भएको छ । पटेललाई नियन्त्रणमा लिई उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख २५, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?